Thursday, September 20, 2018

How to wake up early in the morning?

“Early to bed and early to rise makes a man healthy, wealthy, and wise.”—Benjamin Franklin

I had been planning to wake up early in the morning since a very long time. But I was always stuck with I will wake up from tomorrow and tomorrow never came. Since few months I have been waking up at 5 everyday. There are few things that has been inspiring me to wake up early. Here are few tips I have been following to wake up early:
  1. Get started: You should not wait for a new year or any special occasion to get started. Start today. If you fail once start again. You can use mobile apps such as HABIT TRACER to track how you are progressing. 
  2. Get motivated: Find some inspiration and get motivated. It may be your target to lose some weight, getting healthier, meeting some friends, going some new place, anything can  inspire you. Find your inspiration. You can read some inspiring book or watch some inspiring videos. Best way to get motivated is by joining gym or Zumba or any other group. 
  3. Go to bed in time: Until and unless you go to bed in time you will never be able to wake up in time. Go to bed in time, so that your body will get enough sleep and you will wake up fresh in the morning. 
  4. Find a partner: Find someone who would get up with you and give you company to walk or talk or do something so that you will be looking forward for it as something interesting than just waking up early in the morning just for doing some boring stuff. 
  5. Start your day with something positive, something that makes you happy.
  6. Find time to wake that best suits your body

Wake up early because you want to not because you have to 



Sunday, September 16, 2018

जालिनी




पहिलो दिनमै पहिलो सोमा चलचित्र हेरिएको धेरै अनुभव भएतापनि नाटक पहिलो दिनमै हेरेको अनुभव थिएन। भदौँ २९ गते देखि मण्डला नाटक घरमा नाटक जालिनी प्रदर्शन हुने खबर विज्ञापन मार्फत धेरै अघिनै थाहा भैसकेको थियो। रङ्गमञ्चका पुराना कलाकार एवं हालका चर्चित नायक दयाहाङ् राईद्वारा निर्देशित भनेपछि चासो बढ्नु त स्वभाविक जस्तो नै भयो। ध्रुवसत्य परियारद्वारा लेखिएको कैरण कथा सङ्ग्रहमा समावेश गरिएको जालिनी नामको कथालाई नाटकिय रुपमा प्रस्तुत गर्न खोजेका छन निर्देशकले यस नाटकमा। रङ्गमञ्चका प्रख्यात कलाकर्मीहरुलाई यस नाटकमा प्रस्तुत गरिएको छ। साथै यस नाटकमा एउटा नयाँ प्रयोग पनि गरिएको छ।




नाटकको सुरुवात एउटी बुढी आमै र एउटी भर्खरकी केटीको सम्वादबाट हुन्छ। मानिसले बनाएको कुरिती र कुसंस्कारका बारेमा नाटकको पहिलो खण्डमा चर्चा गरिएको छ। पछिल्लो खण्डमा केटीको जिज्ञासा मेटाउन बुढी आमाले आफ्नो छोराले बेच्न राखेका मुर्तीको कथा सुनाउँछिन्। कथाको सुरुवात राजा र उनका भारदारहरुको संवादबाट हुन्छ। उनकी एउटी छोरी हुन्छ जसमा अधभूत गुण हुन्छ, उनले जे भन्यो तेही कानुन हुने अनि जसको चित्र बानायो त्यो पराक्रमी, प्रख्यात अनि त्यस देशको राजा हुने। त्यसकारण राजा आशंकित हुन्छन र आफ्ना भारदारहरुको सल्लाह अनुरुप छोरीलाई आफुबाहेक कोहि अन्य पुरुषले नदेख्ने गरि राख्ने व्यवस्था मिलाउछन्। एक दिन उनका भारदारले राजकुमारीका लागि दरबार बनाउने प्रस्ताव गर्छन जसलाई उनले सहर्ष स्विकार गर्छन र उक्त निर्माण कार्यका लागि सम्पुर्ण जनतालाई अनिवार्य उपस्थिति र सहयोगको उर्दि जारी गर्छन्। जनतालाई दिनरात नभनी श्रमशोसन गर्न थालेपछि एउटी बुढी नारीले राजाको विरोध गर्छिन्। सो कुरा थाहा पाएपछी राजा आक्रोशित हुन्छन र स्वयम कार्यको निरिक्षण गर्न निस्कन्छन्। सो क्रममा उनले सोधेको प्रश्नको चित्तबझ्दो जवाफ पाएपछी उनले एक व्यक्तिलाई आफ्नो प्रधानमन्त्री बनाउने निर्णय गर्छन्। तर आफनोभन्दा आफैले बनाएका प्रधानमन्त्रीको ख्याती बढन थालेपछी उनी फेरी आक्रोशित हुन्छन र पहिले विरोध गरेकी महिलालाई आफनो सामु उपस्थित गराउने आदेश दिन्छन्। त्यसपछी उनले ती महिलालाई मृत्युदण्डको सजायं सुनाउछन र आफनो अन्तिम इच्छा राख्न भन्छन्। महिलाले आफ्नो इच्छा अर्को दिन सुनाउछु भन्छिन्। त्यसको केहि समयपछि राजकुमारी आफनो पितालाई आफुले सपनामा देखेको कुरा सुनाउन आउँछिन। जसमा उनले एउटी कालो कपडामा छोपेर रहेकी महिलालाई मृत्युदण्ड दिन लागेको र उनको कपडा उठाउन लग्दा सपनाबाट बिउझेकाले सोको नाटकीय रुप हेर्ने इच्छा रहेको बताउँछिन। भोलिपल्ट महिलाले आफनो इच्छा सुनाउछिन जस्मा उनले आफुलाई कालो कपडामा उपस्थित हुन दिनुपर्ने र आफनो मृत्यु पश्चातपछि पनि कसैले नहेर्ने सर्त राखछिन। राजाले सर्त स्विकार्छन तर राजकुमारी पनि सोहि समय आफनो इच्छा पुरा गर्न आउँछिन, राजाले अनुमति दिन्छन। तर राजकुमारीले कपडा उठाएर हेर्दा त्यस भित्र एक पुरुषलाई देख्छिन, जसलाई देख्ने बित्तिकै उनी आफ्नो पहिलो प्रेममा पर्छिन तर राजालाई सो कुरा मन पर्दैन्। त्यसपछि सिर्जित परिश्थितीलाई नाटकमा प्रस्तुत गरिएको छ।

यस नाटकको सबैभन्दा सबल पक्ष भन्नुपर्दा कलाकारहरुको अभिनय र सम्वाद रहेको छ। निर्देशकिय पक्ष सबल रहेतापनि यस नाटकमा प्रकाश र कलाकार एक पात्रबाट अर्कोमा परिवर्तन हुदाँको समयमा केहि त्रुटिहरु देखिएका थिए। समग्रमा भन्नुपर्दा नाटक एउटा उत्कृष्ट कथावस्तु, निर्देशन, अभिनय र सम्वादको समिश्रण रहेको देखिन्छ। नाटक असोज २१ गतेसम्म मञ्चन हुनेछ।




रेटिङ: ★★★★☆



Thursday, September 6, 2018

खबर हराएको चिठ्ठी


अगस्त ३० तारिख, बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवसको दिनदेखि मण्डला नाटक धरमा, खबर हराएको चिठ्ठी प्रदर्शन भइरहेको छ। दशवर्षे ससस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका नागरिकहरुको आफन्तहरुको आशा, निराशा, पिडा, दुख, समस्या, अन्योल्ता, छट्पटिलाई समेटेर बनाइएको नाटक हो। आकाङ्क्षा कार्की, किरन राई, छे शङकर, केदार श्रेष्ठ, सुदम सि. के., सिजन दाहाल चेतन आन्ग्ठुपो, परिबर्तन , प्रतिका घिमिरे, रेनुका कार्की, पशुपति राई र सोनाम लामा गरी जम्मा १२ जना यस नाटकको लेखक, निर्देशक र कलाकार हुन।

यस नाटकमा ४ भिन्ना भिन्नै  कथालाई दर्शाउन खोजिएको छ। नाटक सुदुर पश्चिमको मान्मा कालिकोटको छोरा हराएको एउटा वृद्ध पात्रकको कथा बाट सुरु हुन्छ। सुदुर पश्चिमको लवज जस्ताको तस्तै प्रस्तुत गरि त्यहाँको परिवेश उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ पहिलो कथामा। सुरक्षाको खोजीमा सबै जना गाउँ छोडेर हिड्दा पनि, हराएको छोराको प्रतिक्षामा आफ्नो गाउँ छोडेर जान मान्दैनन् ती पात्र। वृद्ध पात्रलाई दमाह बजाई खबर बाड्ने पात्रका रुपमा प्रस्तुत गरिएको छ। हरेक चोटि हराएको खबर आउँछ तर उनको छोरा कहिले फर्केर आउँदैनन्। 

त्यस पछि हिमाली भेगको एउटा खुसी राई जोडीको कथा सुरु हुन्छ। साकेला पर्वका दिन भएको दुखद द्वन्दको घटना र त्यसपछि हराएका त्यस भेगका मानिसहरुको कथालाई निकैनै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ। आफ्नो श्रीमान् नभेटिए पनि उनको नासोलाई फर्किएर आउने आशमा साँचेर राख्छिन उनले।

राई जोडी

तेश्रो कथा पहाडी भेगको एउटा कला प्रेमी परिवारको कथा छ। जहाँ बाबु र छोरालाई चित्रकारका रुपमा प्रस्तुत गरिएको छ। एक रात आफ्नो अपुरो चित्र ठाँटी राखि साथी भेट्न गएका छोरा हराउँदा आमा बाबुको मनमा कस्तो असर पर्छ भन्ने कुरालाई यसमा दर्शाइएको छ।



चौथो कथामा एक विद्रोहीको परिवारको घटनाका रुपमा प्रस्तुत गरिएको छ। उनको परिवार सामान्य पसल सञ्चालन गरि जिविकोपार्जन गरिरहेको हुन्छ तर उनकी अर्धाङ्गिनि उनको यादमा सधैं पिरोलिने र आउने आशमा उनको नासो नक्सा हेरि अन्योल पहिल्याउने प्रयास गरिरहन्छिन्। 


४ बटा भिन्ना भिन्नै कहानी भएपनि, हरेक पात्रको कथामा समरुपता छ यस नाटकमा, कुनै पात्रको छोरा हराएको थियो भने कसैको छोरी, कसैको बुबा त कसैको श्रीमान। सबै जना आफ्नो मान्छे फर्केर आउने आशमा तड्पिदै गरको, छट्पटाउदै गरको तर उनि हरुको रुबाइ सुन्ने कोहि नभएको दर्शाइएको छ। यस्तो मार्मिक बिषय लाइ लिएर बनाइएको भएता पनि, यो नाटकले दर्शकको मन छुन सकेको देखिन्दैन। १२ जना निर्देशकले मिलेर तयार पारिएको भएतापनि एक र अर्को कथाका बीचमा सिङक्रोनाइजेसनको अभाव भएको देखिन्छ। दर्शकले एउटा कथामा डुब्न नपाउँदै अर्को कथा सुरु भएकाले नाटक सबै राम्रो कुरा मिलाएर पनि उठ जस्तो बन्न पुगेको अनुभूति हुन्छ।  ८० मिनेट लामो नाटक, लामो लाग्नु र धेरैलाई अत्यास लाग्नुलाई पनि अश्वभाविक मान्न सकिन्न । नाटकमा १-२ बटा मन छुने दृश्य भएता पनि धेरैलाई कथा नुन बिनाको तर्कारी जस्तो खल्लो लाग्न सक्छ। यो नाटकमा धेरैनै सुधार गर्न सकिने ठाँउ भएता पनि गृहकार्यको अभावमा  न दर्शकहरुलाई पुर्ण रुपमा हसाउन सफल भएको, न त पुर्न रुपले रुवाउन नै सफल भएको पाइयो।  











रेटिङ: ★★☆




Saturday, September 1, 2018

Rajamati Kumati Translation

Rajamati Kumati - Prem Dhoj Pradhan 






राजमती कुमति जिके वःसा पिरति 
राजमती कुमति मसित आए पिरति

हाय बाबा राजमतिचा 
हाय बाबा राजमति

राजमति मबिल धाःसा काशी वने त्यल बुबा 
राजमति नदिएदेखि काशी जान लागेँ बुबा

हयाब्यु राजमतिचा
ल्याइदेऊ राजमतिलाई

सँ धाःसा कुलिकुलि मिखा धाःसा बालाबाला 
कपाल भने घुमि्रएको, आँखा चाहिँ ठुला कोसे

सक्वमिया म्हयामचाला/ मचा ला साँखुलेकी 
छोरीचेलीको / साँखुलेकी छोरीचेली हो कि

ख्वाः धाःसा तयू ख्वाः ख्वालय् निगः ती दु 
रूप गोरो मुहार, मुहारमा दुई कोठी

ताहाननिया राजमतिचा
ताहाननीकी राजमति

खेँ ख्वलां ध्याक्वय् दँ, पसः बजि धू दँ फुल-बोव
कुनामा थुप्य्रा, पसलको चिउरा धुलो उड्या

राजमति भुलुसुलु दँ 
राजमति निन्याउरी झ्याउरी

राजमित गन दु यतुँबालय् छहृम दु 
राजमति कहाँ यतुँवहालमा एउटी

हयाब्यु राजमतिचा
ल्याइदेऊ राजमतिलाई

न्हापा वःहृम तःहि्र थकुँ, लिपा वः हृम चिहि्र थकुँ 
पहिला आउने ठूली ठकुर्नी, पछि आउने सानी ठकुर्नी

वयाँ लिपा राजमतिचा 
त्यसपछि राजमतिचा

तःहि्र थकुँ मयो जितः चिहि्र थकुँ मिले मजू 
ठूली ठकुर्नी मनपर्दैन, सानी ठकुर्नी मेल खाँदैन

राजमति ब्याहा याना ब्यू
राजमति बिहे गरिदेऊ

तःहि्र थकुँया तायो दु, चिहि्र थकुँया पायो दु 
ठूली ठकुर्नीको तायो , सानी ठकुर्नीको पायो

राजमतिया विजःकलि दु 
राजमतिको विजःकलि

विजकलि मदुहृम कला जित मयो बुबा
विजकःलि नभएकी स्वास्नी मलाई मन पर्दैन बुबा

हयाब्यू राजमितचा
ल्याइदेऊ राजमति -चा

थःनेया थँहिति, कोनेया कोहिति माथिल्टोलको ठहिटी
तल्लो टोलको कोहिटी

बिचय्लाक मरुहिति 
बिचमा पर्ने मरुहिटी

मरुहिति लः काःहृम तगो ल्वहँतय् लुफिँहानाः 
मरुहिटीमा पानी भरेकी ठूलो ढुङ्गोमा ठेस लागी

राजमति थसः पाल हृनाँ
राजमति उत्तानो परी है

तिसानँ तियेकाः गुजराति पुयेकाः 
गहना लगाएर गुजराति बजाएर

राजमति ब्याहा यानाब्यु 
राजमति बिहे गरिदेऊ

राजमित बिल धाःसा काशी वने मखु बुबा 
राजमति दिए भने काशी जान्न बुबा

हयाब्यु राजमतिचा
ल्याइदेऊ राजमतिलाई

चन्नालहृम लमिं याना हृमाँ हृमाँ धाय्क विया छ्वत 
चण्डाल लमीले गर्दा नाइँ भन्दा पनि दिएर पठाए

लात मखुला सँझ्या मदुगु छेँय् 
परी हैन सँझ्याल नभएको घरमा 

धिकार जनम राजमतिया करम
धिक्कार जन्म राजमतिको कर्म


बैसय् भाःत मदुहृम
बैँसमा लोग्ने नभएकी