Showing posts with label Reviews. Show all posts
Showing posts with label Reviews. Show all posts

Thursday, September 6, 2018

खबर हराएको चिठ्ठी


अगस्त ३० तारिख, बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवसको दिनदेखि मण्डला नाटक धरमा, खबर हराएको चिठ्ठी प्रदर्शन भइरहेको छ। दशवर्षे ससस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका नागरिकहरुको आफन्तहरुको आशा, निराशा, पिडा, दुख, समस्या, अन्योल्ता, छट्पटिलाई समेटेर बनाइएको नाटक हो। आकाङ्क्षा कार्की, किरन राई, छे शङकर, केदार श्रेष्ठ, सुदम सि. के., सिजन दाहाल चेतन आन्ग्ठुपो, परिबर्तन , प्रतिका घिमिरे, रेनुका कार्की, पशुपति राई र सोनाम लामा गरी जम्मा १२ जना यस नाटकको लेखक, निर्देशक र कलाकार हुन।

यस नाटकमा ४ भिन्ना भिन्नै  कथालाई दर्शाउन खोजिएको छ। नाटक सुदुर पश्चिमको मान्मा कालिकोटको छोरा हराएको एउटा वृद्ध पात्रकको कथा बाट सुरु हुन्छ। सुदुर पश्चिमको लवज जस्ताको तस्तै प्रस्तुत गरि त्यहाँको परिवेश उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ पहिलो कथामा। सुरक्षाको खोजीमा सबै जना गाउँ छोडेर हिड्दा पनि, हराएको छोराको प्रतिक्षामा आफ्नो गाउँ छोडेर जान मान्दैनन् ती पात्र। वृद्ध पात्रलाई दमाह बजाई खबर बाड्ने पात्रका रुपमा प्रस्तुत गरिएको छ। हरेक चोटि हराएको खबर आउँछ तर उनको छोरा कहिले फर्केर आउँदैनन्। 

त्यस पछि हिमाली भेगको एउटा खुसी राई जोडीको कथा सुरु हुन्छ। साकेला पर्वका दिन भएको दुखद द्वन्दको घटना र त्यसपछि हराएका त्यस भेगका मानिसहरुको कथालाई निकैनै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ। आफ्नो श्रीमान् नभेटिए पनि उनको नासोलाई फर्किएर आउने आशमा साँचेर राख्छिन उनले।

राई जोडी

तेश्रो कथा पहाडी भेगको एउटा कला प्रेमी परिवारको कथा छ। जहाँ बाबु र छोरालाई चित्रकारका रुपमा प्रस्तुत गरिएको छ। एक रात आफ्नो अपुरो चित्र ठाँटी राखि साथी भेट्न गएका छोरा हराउँदा आमा बाबुको मनमा कस्तो असर पर्छ भन्ने कुरालाई यसमा दर्शाइएको छ।



चौथो कथामा एक विद्रोहीको परिवारको घटनाका रुपमा प्रस्तुत गरिएको छ। उनको परिवार सामान्य पसल सञ्चालन गरि जिविकोपार्जन गरिरहेको हुन्छ तर उनकी अर्धाङ्गिनि उनको यादमा सधैं पिरोलिने र आउने आशमा उनको नासो नक्सा हेरि अन्योल पहिल्याउने प्रयास गरिरहन्छिन्। 


४ बटा भिन्ना भिन्नै कहानी भएपनि, हरेक पात्रको कथामा समरुपता छ यस नाटकमा, कुनै पात्रको छोरा हराएको थियो भने कसैको छोरी, कसैको बुबा त कसैको श्रीमान। सबै जना आफ्नो मान्छे फर्केर आउने आशमा तड्पिदै गरको, छट्पटाउदै गरको तर उनि हरुको रुबाइ सुन्ने कोहि नभएको दर्शाइएको छ। यस्तो मार्मिक बिषय लाइ लिएर बनाइएको भएता पनि, यो नाटकले दर्शकको मन छुन सकेको देखिन्दैन। १२ जना निर्देशकले मिलेर तयार पारिएको भएतापनि एक र अर्को कथाका बीचमा सिङक्रोनाइजेसनको अभाव भएको देखिन्छ। दर्शकले एउटा कथामा डुब्न नपाउँदै अर्को कथा सुरु भएकाले नाटक सबै राम्रो कुरा मिलाएर पनि उठ जस्तो बन्न पुगेको अनुभूति हुन्छ।  ८० मिनेट लामो नाटक, लामो लाग्नु र धेरैलाई अत्यास लाग्नुलाई पनि अश्वभाविक मान्न सकिन्न । नाटकमा १-२ बटा मन छुने दृश्य भएता पनि धेरैलाई कथा नुन बिनाको तर्कारी जस्तो खल्लो लाग्न सक्छ। यो नाटकमा धेरैनै सुधार गर्न सकिने ठाँउ भएता पनि गृहकार्यको अभावमा  न दर्शकहरुलाई पुर्ण रुपमा हसाउन सफल भएको, न त पुर्न रुपले रुवाउन नै सफल भएको पाइयो।  











रेटिङ: ★★☆




Sunday, August 12, 2018

मेरो नजरमा "सकेको तिरौला नत्र फिरिमा"




मिति २०७५ श्रावण २३ गते बुधबारका दिन आफनो कार्यालयको काम सकेर समय काट्ने जोहको रुपमा नाटक हेर्ने निर्णय गरि मण्डला नाटकघरमा कार्यालयका साथीहरुसँग पुग्यौ। नाटक हेर्ने रहर भएका हामी विशेषतः अलि भाभुक र गम्भिर प्रकृतिका नाटक रुचाउने वर्गमा पर्छौ। तर नाटकघर पुगिसकेपछि नाटकको नाम अनि व्यानर देखेर मन अलिक खिन्न भयो, कारण उक्त व्यानर हेरिसकेपछि जो कसैले उक्त नाटक हास्य कथामा आधारित छ भन्न सकिने खालको थियो। तापनि नाटकघर पुगिसकेकाले टिकट काटी नाटक हेर्न पर्खि बस्यौं। अन्ततः नाटक सुरु हुने संकेत घण्टि बज्यो र हामी नाटकघर भित्र पस्यौं।


दुई महिलाहरुको प्रवेशसँगै नाटकको सुरुवात भयो। नाटकको सुरुमा नाट्य प्रस्तुति अलिक अश्वभाविक लाग्यो। तर समसामयिक विषयवस्तुलाई समावेश गरि प्रतुत गरेकाले कतिखेर नाटक स्वभाविक र त्यस भित्र दुबियो पत्तै पाइएन। डारियो फोद्वारा लिखित "Can't Pay, Won't Pay" रचनामा विषेशत हालको महंगी अनि सरकारद्वारा बढाइएको करको विषयवस्तुलाई समावेश गरि प्रस्तुत गरिएको नाटक कलाकारहरुको बेजोड अभिनय अनि निर्देशकको प्रस्तुतिकरणका कारण अझ प्रभावकारी भएको पाइयो।

नाटक घरमा उपस्थित के बालक, के वृढ, के महिला, के पुरुष सबैले यो नाटकमा नाटकअवधि भरका लागि भएपनि आफनो दुःख बिर्सेर पेट मिचिमिचि हासेको पाइयो। महंगिले मानिसलाई कतिसम्म बाध्य बनाउँछ र भोकको अगाडि चाहेर या नचाहेर पनि कसरी मानिसले आफ्नो इमानसँग सम्झौता गर्न पुग्छ भन्ने कुरालाई हाँस्यव्यङ्गका रुपमा नाटकमा प्रस्तुत गरिएको छ।


नाटकको पटकथा अनि कलाकारहरुको अभिनय हेरिसकेपछि धेरै पछि फेरि एउटा उत्कृष्त नाटक हेरेको अनुभुति हुनु स्वभाविक देखिन्छ। नाटक अन्य नाटक हेरिकन केहि लामो भएतापनि डेढ घण्टा बितेको पत्तै हुन्न।
महङ्गि बढेपछि नेपाली महिला दिदी बहिनीहरु कुन हदसम्म जानसक्छन् र त्यसको विरोधमा आन्दोलन गरि पसलबाट सामान चोरि गरि सामान लुकाउन गरेका उत्पत्याङ्ग कार्यहरु र एउटा झुटले गर्दा कसरी अवस्था बिग्रदै जान्छ भन्ने कुराको हास्य प्रस्तुति हेर्नकालागि एकचोटि मण्डला नाटकघर गई नाटक हेर्नै पर्ने हुन्छ।

नेपालमा रहेका श्रमजिविवर्गहरुमा महंगी अनि सरकारद्वारा बढाइएको करको प्रभाव र त्यसको असरहरुलाई समेत विश्लेषन गरिएको हुनाले यस नाटक धेरै जसो सर्वसाधारणका लागि रुचिको विषय हुन सक्छ। साथै नेपाली नाट्य प्रस्तुतिमा हास्य नाटक मन पराउने दर्शकका लागि पनि यो नाटक अत्यन्त प्रभावकारी हुन सक्छ।





फोटोः कविन्द्र



रेटिङ: ★★★★☆