Sunday, August 12, 2018

मेरो नजरमा "सकेको तिरौला नत्र फिरिमा"




मिति २०७५ श्रावण २३ गते बुधबारका दिन आफनो कार्यालयको काम सकेर समय काट्ने जोहको रुपमा नाटक हेर्ने निर्णय गरि मण्डला नाटकघरमा कार्यालयका साथीहरुसँग पुग्यौ। नाटक हेर्ने रहर भएका हामी विशेषतः अलि भाभुक र गम्भिर प्रकृतिका नाटक रुचाउने वर्गमा पर्छौ। तर नाटकघर पुगिसकेपछि नाटकको नाम अनि व्यानर देखेर मन अलिक खिन्न भयो, कारण उक्त व्यानर हेरिसकेपछि जो कसैले उक्त नाटक हास्य कथामा आधारित छ भन्न सकिने खालको थियो। तापनि नाटकघर पुगिसकेकाले टिकट काटी नाटक हेर्न पर्खि बस्यौं। अन्ततः नाटक सुरु हुने संकेत घण्टि बज्यो र हामी नाटकघर भित्र पस्यौं।


दुई महिलाहरुको प्रवेशसँगै नाटकको सुरुवात भयो। नाटकको सुरुमा नाट्य प्रस्तुति अलिक अश्वभाविक लाग्यो। तर समसामयिक विषयवस्तुलाई समावेश गरि प्रतुत गरेकाले कतिखेर नाटक स्वभाविक र त्यस भित्र दुबियो पत्तै पाइएन। डारियो फोद्वारा लिखित "Can't Pay, Won't Pay" रचनामा विषेशत हालको महंगी अनि सरकारद्वारा बढाइएको करको विषयवस्तुलाई समावेश गरि प्रस्तुत गरिएको नाटक कलाकारहरुको बेजोड अभिनय अनि निर्देशकको प्रस्तुतिकरणका कारण अझ प्रभावकारी भएको पाइयो।

नाटक घरमा उपस्थित के बालक, के वृढ, के महिला, के पुरुष सबैले यो नाटकमा नाटकअवधि भरका लागि भएपनि आफनो दुःख बिर्सेर पेट मिचिमिचि हासेको पाइयो। महंगिले मानिसलाई कतिसम्म बाध्य बनाउँछ र भोकको अगाडि चाहेर या नचाहेर पनि कसरी मानिसले आफ्नो इमानसँग सम्झौता गर्न पुग्छ भन्ने कुरालाई हाँस्यव्यङ्गका रुपमा नाटकमा प्रस्तुत गरिएको छ।


नाटकको पटकथा अनि कलाकारहरुको अभिनय हेरिसकेपछि धेरै पछि फेरि एउटा उत्कृष्त नाटक हेरेको अनुभुति हुनु स्वभाविक देखिन्छ। नाटक अन्य नाटक हेरिकन केहि लामो भएतापनि डेढ घण्टा बितेको पत्तै हुन्न।
महङ्गि बढेपछि नेपाली महिला दिदी बहिनीहरु कुन हदसम्म जानसक्छन् र त्यसको विरोधमा आन्दोलन गरि पसलबाट सामान चोरि गरि सामान लुकाउन गरेका उत्पत्याङ्ग कार्यहरु र एउटा झुटले गर्दा कसरी अवस्था बिग्रदै जान्छ भन्ने कुराको हास्य प्रस्तुति हेर्नकालागि एकचोटि मण्डला नाटकघर गई नाटक हेर्नै पर्ने हुन्छ।

नेपालमा रहेका श्रमजिविवर्गहरुमा महंगी अनि सरकारद्वारा बढाइएको करको प्रभाव र त्यसको असरहरुलाई समेत विश्लेषन गरिएको हुनाले यस नाटक धेरै जसो सर्वसाधारणका लागि रुचिको विषय हुन सक्छ। साथै नेपाली नाट्य प्रस्तुतिमा हास्य नाटक मन पराउने दर्शकका लागि पनि यो नाटक अत्यन्त प्रभावकारी हुन सक्छ।





फोटोः कविन्द्र



रेटिङ: ★★★★☆




1 comment:

  1. कस्तो ठ्याक्कै नेपालको अबको समयसँग मेल खाने नाटक । मलार्इ पुनः नाट्यघर जान मन छ । ** सकेको तिरौला नत्र फिरिमा ** लेखककै शब्दमाः
    "महंगिले मानिसलाई कतिसम्म बाध्य बनाउँछ र भोकको अगाडि चाहेर या नचाहेर पनि कसरी मानिसले आफ्नो इमानसँग सम्झौता गर्न पुग्छ भन्ने कुरालाई हाँस्यव्यङ्गका रुपमा नाटकमा प्रस्तुत गरिएको छ"

    ReplyDelete